मेरा दाजु-भाइहरुले जिन्दगी बुझाएँ
बा-आमाहरुले आशु सुकाएँ
भनेनन् भाउजुहरुले "जिन्दगिको भरोसा"
खोजेनन् सिउदोको मुल्य
तिमीनै त हौ माईति मेरो भविष्यको
सप्तरंगी टिका मेरो तिहारको
भनेनन् दिदिबहिनीहरुले !
12/29/2023
8/21/2021
फ्याकिदियो ....
मायाले दिएको हो मन, सम्झियौ सामान फ्याँकिदियो
गलत थियौ दिएँ सुझाव, भैदियो अपमान फ्याँकिदियो ।
तिमीलाई बनाउन यहाँसम्म पुराउन मैले म बिर्सिएँ
तिमीले भन्यौ त रहेछस् बेइमान फ्याँकिदियो ।
एउटा सुन्दर सपना थियो, रहरहरुले भरिएको
कसको नजर लाग्यो भैदियो अफगानिस्थान फ्याँकिदियो ।
भाषणमा समाज जोड्छु भन्नुभो, मैले पहिला मन जोडौ भने
चुनावको रणनिति पो रहेछ, धत् बनायो हनुमान फ्याँकिदियो ।
जे जस्तो थियो देश थियो, आफ्नो भन्नु केही त थियो
आयो मनलाग्दी गर्यो च्यात्यो संविधान फ्याँकिदियो ।
मान्छे जस्तो बैगुनी, स्वार्थी अरु कोहि हुँदैन रहेछ
पाएपछि प्रियाको काख, भन्दो हो सिरान फ्याँकिदियो ।
०८/२१/२०२१
पार्कभिल, मेरिल्याण्ड
Labels:
gazal,
मेरा भावना
4/01/2020
मुटुमा बस्नेहरुलेनै हो
मुटुमा बस्नेहरुलेनै हो मेरो मुटु दुखाएको
आशु झारेर आँखाहरुले छन चित्त बुजाएको ।
अब आदतनै भैसकेछ यो जियानलाई पनि
पानीले पेट भरेर मस्तसंग छ उ निदाएको ।
सधै हासीरहनु पनि एउटा कला हुदो रहेछ
छनत उसलाई पनि छ ज़िन्दगीले रुवाएको ।
आज गोजी भरी पैसा छ तर मन खुसी छैन
एउटा बचपन थियो गुच्चाले गोजी भरीदा रमाएको ।
दुई चार साथी-भाई , दुई हात नमस्कार र मिठो सम्झना
केनै छ'र मरी लियर जाने जिन्दगीमा कमाएको ?
मुटुमा बस्नेहरुलेनै हो मेरो मुटु दुखाएको
आशु झारेर आँखाहरुले छन चित्त बुजाएको ।
Labels:
gazal
9/13/2017
मैले खेलेको आँगनमा
मैले खेलेको आँगनमा पानी पस्यो भयानक बनेर
दुर दराजमा कसरी सक्छु म बस्न दर्शक बनेर ?
निदायको छस् सरकार केहि देख्दैनस् मलाई थाहा छ
र पनि झक झकाई रहन्छु तलाई म लेखक बनेर
म जोड़ी दिन्छु तिमीहरु सबैलाई सड़क बनेर
एस्तो एकनासे जिन्दगी हर कोहि बाचेर जानछन
म मरे पछि पनि समझिन चाहान्छु पृथक बनेर
झुकेन झुक्दैन मेरो यो शिर कहिलै कसैको सामु
झुक्छ त केबल बा-आमा आगि नतमस्तक बनेर
मैले खेलेको आँगनमा पानी पस्यो भयानक बनेर
दुर दराजमा कसरी सक्छु म बस्न दर्शक बनेर ?
****
..दुर यो देशमा बसेर आफ्नो देशमा गएको बॉडीको समझनामा
मिति : सेप्टेम्बर ३ २०१७
माउन्ट एभरेस्ट रेस्टुरेंटमा
कार्यक्रम: "बाड़ी पीड़ित सहयोग साँझ"
मिति : सेप्टेम्बर ३ २०१७
माउन्ट एभरेस्ट रेस्टुरेंटमा
कार्यक्रम: "बाड़ी पीड़ित सहयोग साँझ"
Labels:
gazal,
मेरा भावना
9/06/2017
KARAGAR (Nepali Novel) by Dr.Banira Giri
KARAGAR (Nepali Bovel) by Dr.Banira Giri'
Program: radiobachan by Achyut Ghimera
Audio Source: aakarpost.com.np
Labels:
audio novel,
shrutisambeg,
नेपाली साहित्य
9/04/2017
जिन्दगीनै जब ..
जिन्दगीनै जब दिग्दार लाग्छ
अनि सबै कुरा बेकार लाग्छ
भारीको बोझ कहिलै कम नहुने
भरियाझै मलाई मेरो निधार लाग्छ
अनि सबै कुरा बेकार लाग्छ
भारीको बोझ कहिलै कम नहुने
भरियाझै मलाई मेरो निधार लाग्छ
Labels:
gazal,
मेरा भावना
8/28/2017
जिन्दगीले पनि किन
जिन्दगीले पनि किन येति सारो सताउछ
भिजी रहे आँखाहरु, ओठ सधै मुस्कुराउँछ
भिजी रहे आँखाहरु, ओठ सधै मुस्कुराउँछ
जानि सक्यो यो मनले तिमि मेरी हैनौ भन्ने
तर पनि समझीदैमा किन होला रमाउछ
Labels:
gazal,
मेरा भावना
6/06/2017
खाली छ पेट...
खाली छ पेट, भोक बोल्छ
दिवाना मन, प्रेम रोग बोल्छ
दिवाना मन, प्रेम रोग बोल्छ
मौन छन ओठ प्रियाका सधै
नजर त्यो, सबथोक बोल्छ
Labels:
gazal,
मेरा भावना
1/11/2017
सुनिनु पर्छ...
सुनिनु पर्छ , हाम्रो आवाज सुनिनु पर्छ
सुनाऊनलाई अलिक चर्को बोलिनु पर्छ
यो संसार बदलछु भननेहरुले बुझ
पहिला तिमीहरुनै खुद फ़ेरिनु पर्छ
Labels:
gazal,
मेरा भावना
7/09/2016
यी आवाज जब
यी आवाज जब बिलाएर जान्छ अनि के हुन्छ
दोबाटो सम्बन्ध मिलाएर जान्छ अनि के हुन्छ
दोबाटो सम्बन्ध मिलाएर जान्छ अनि के हुन्छ
उधृ रयो एक कुनाबाट फाटि रयो झन झन
सम्झनाहरु मन सिलाएर जान्छ अनि के हुन्छ
Labels:
gazal,
मेरा भावना
Subscribe to:
Posts (Atom)